Monday, October 7, 2024

नेपालीहरु संसारको सबैभन्दा साहसी जाती हुन् : इन्ट्रा फाउण्डेशन अध्यक्ष अधिकारी

spot_img

नेपालीहरु संसारको उदाहरणमा सबैभन्दा साहसी जाती भएको इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले बताउनु भएको छ । थाई नेपाली संघको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालीहरुले आफ्नो अधीकारको लागी मर्न पनि पछी हट्दैनौँ भन्ने पहिचान र इतिहास बनाएको बताउनुभएको हो ।

उहाँले थाइल्याण्डका नेपालीहरुले आफ्नो परीचय गुमाउनुपर्ने परिस्थितीमा पुग्दा पनि विश्वमा नेपाली भाषा, संस्कार र संस्कृतीलाई चिनाउनको निम्ती लागिपर्नु गर्वको कुरा भएको उल्लेख गर्नुभयो । नेपालीहरु संसारको जुनसुकै कुनामा पुगेपनि आफु सकिनको लागी तयार रहने तर आफ्नो अस्थित्व र पहिचान कहिलै बेच्न नसक्ने अधिकारीले जिकिर गर्नुभयो ।

महाधिवेशनमा बोल्दै अधिकारीले इतिहासमा आफ्नो भाषा, संस्कार र संस्कृती बचाउनका लागी नेपाल, थाइल्याण्ड र भुटानका नेपालीहरुले जति दुख अरु देशका नेपालीहरुले पनि नगरेको आशय व्यक्त गर्नुभयो ।

अमेरिकाबाट इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेशनका उच्च पदाधिकारीहरुको समुह थाइल्याण्ड पुगेको थियो । थाइल्याण्डमा प्रवासी नेपालीहरुको बृहत भेला रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय