Monday, October 7, 2024

समाजसेबी मेघ सुबेदीद्वारा १० हजार अमेरिकि डलर सहयोग

spot_img

समाजसेबी मेघ सुबेदी द्वारा १० हजार अमेरिकि डलर सहयोग मोरङ, पथरी शनिश्चरे भुटानी सिबिर क्याममा निर्माणधिन ई सि डि सि कक्ष भवन निर्माणको लागि सिजल एण्ड सिस्टर एल एल सि का संचालक समाजसेबी मेघ सुबेदी द्वारा १० हजार अमेरिकि डलर सहयोग प्रदान गरिएको छ ।

ग्लोबल भुटनिज अर्गनाइजेसन द्वारा निर्माण गर्दै गरिएको बाल बालिकाहरुको प्रारम्भिक पठन पाठनको निमित्त भवन निर्माणको लागि सुबेदी द्वारा सहयोग गरिएको छ । यो सहयोग अहिलेको नेपाली मुद्रा सटही अनुरुप करिब १३ लाख नेपाली रुपैया हुन आउछ । समाजसेबी सुबेदी द्वारा यस अघी पनि बिभिन्न प्राकृतिक प्रकोप , ग्रामीण क्षेत्रका बिद्यार्थी तथा शैक्षिक सस्थाहरु , बिभिन्न युवा लक्षित खेलकुद तथा गतिबिधिहरुमा र समस्यामा परेकाहरुलाई ब्यक्तिगत तथा सस्थागत सहयोग गर्दै आएका छन ।

काठमाण्डौमा सडक पेटीमा रहेकाहरुलाई खाना खुवाउने तथा लत्ता कपडा बितरण जस्ता कार्य पनि गरिरहेका छन । सम्भब भए आँफै पुगेर या कसै मार्फत नै भए पनि समस्या भएको ठाउँमा सहयोगको हात अघी बढाउदै आएका समाजसेबी मेघ सुबेदिले खास गरेर क्याममा रहेका बच्चाहरुले सोही स्थानमा नै राम्रो शिक्षा पाउन भन्ने उदेश्यले अभिप्रेरित भएर नै आफु सहयोगको निमित्त हात अघी बढाएको जानकारी गराएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय