डेभिड राई, अमेरिककाको एक्रोन ओहायोको रोयल प्यालेसमा पिसजोन च्याम्पियनसिप कप २०२४ को घोषणा समारोह कार्यक्रम सम्पन्न भएको छ । यस घोषणा समारोह कार्यक्रममा पिसजोन च्याम्पियनसिप कप २०२४ सम्म आइपुग्दा सातौ शृङ्खलामा प्रवेश गरेको छ । यस पिसजोन च्याम्पियनसिप कप २०२४ लिग टूर्नामेंट जुलाई ३ तारीख देखि जुलाइ ७ तारीख सम्म जम्मा ५ दिन सम्म संचालन हुनेछ । यस प्रतियोगितामा विभिन्न श्रेणीहरु छुट्टयाइएको छ जसमा पहिलो एडल्ट श्रेणीमा उमेर समूह छुट्टयाइएको छैन र पाँच जना गैर नेपाली ( नन् नेपाली इस्पिकिङ) बोल्नेहरुलाई पनि समावेश गर्न पाइनेछ। अर्को श्रेणीमा ३५ वर्ष उमेर भन्दा माथीका नेपाली भाषीहरुलाइ मात्र समावेश गर्न पाइनेछ त्यस्तै गरि महिलाहरुका लागि कुनै उमेर तोकिएको छैन र पाँच जना गैर नेपाली ( नन् नेपाली इस्पिकिङ) बोल्नेहरुलाई पनि समावेश गर्न पाइनेछ।
अन्त्यमा यस प्रतियोगितामा एउटा नयाँ श्रेणी थप गरिएको छ जसमा युवाहरुका लागि यू -१६ , यू – १४,यू -१२,यू -१० र यू -८ गरि जम्मा पाँच समुहमा बिभाजन गरिएको छ । उक्त कार्यक्रममा कोलम्बसबाट श्याम सुवेदी ,लक्ष्मी सङ्ग्रौला, पुर्व राष्ट्रिय फुटबल खेलाडी तथा पिसजोन च्याम्पियनसिपका कोच देव नारायण चौधरी , चन्द्र गुरुङ ,सुदन थुलुङ राई , राकेश भट्टराई ,पिसजनमा आवद्ध दिल घले ,भक्त रिजाल ,प्रदिप लिम्बु , देवि अधिकारी , डिजिटल मिडिया ग्रुपका बिशाल पोख्रेल, सांग्रिला यूथ कलूबका कोच किरण थापा र पहिलो प्रमाणित अमेरिकन सकर रेफरी जीतू काकाको लगायत का खेलप्रेमी व्यतित्वहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन बिष्णु रामदामले गर्नुभएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1