Monday, October 7, 2024

चीन–युरोप मालवाहक रेल सेवाको नयाँ रेकर्ड कायम

spot_img

काठमाण्डौ –  चीन–युरोप मालवाहक रेल सेवा सञ्चालनको नयाँ रेकर्ड कायम भएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा चीन–युरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९ सय २८ पुगेको छ ।

गएको वर्षको तुलनामा यो सङ्ख्या ९ प्रतिशतले बढेको हो । सन् २०२४ को पहिलो २ महिनामा रेल यात्राको सङ्ख्या बढ्नुले चीन–युरोप मालवाहक रेल सेवा समृद्ध हुँदै गएको देखाएको चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेड (चाइना रेलवे) ले जनाएको छ ।

चाइना रेलवेका अनुसार फेब्रुअरीको अन्त्यसम्ममा यसले २५ युरोपेली देशका २ सय १९ शहरमा सेवा विस्तार गरिसकेको छ । बढ्दो रेल यातायातबाट युरोपेली देशहरूमा चिनियाँ सामग्रीको ढुवानी निकै बढेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय