Monday, October 7, 2024

नाइजेरियामा अपहरित विद्यार्थीको खोजी चल्दै गर्दा थप १९ जना अपहरणमा

spot_img

काठमाण्डौ – नाइजेरियामा गएको बिहीबार अपहरणमा परेका २ सय ५२ जना विद्यार्थीको खोजी चलिरहँदा हिजो थप १९ जना अपहरणमा परेका छन् । सोकोटोको एक विद्यालयबाट १५ जना विद्यार्थी र चार जना महिलालाई बन्धुकधारीले अपहरण गरेका बीबीसीले जनाएको छ ।

स्थानीय सांसद बशीर उस्मान गोराउले हिजो बिहान सबेरै १९ जना अपहरणमा परेका बताउनुभएको खबरमा उल्लेख छ । सेनाले बिहीवार पश्चिमी शहर कुरिगामा अपहरणमा परेका स्कुलका विद्यार्थीहरूको खोजी गरिरहेको छ ।

२ सय ८० जना अपहरणमा परेकोमा कम्तीमा २८ जना विद्यार्थी भाग्न सफल भएका थिए । यो अपहरण सन् २०२१ पछिकै ठूलो हो । मोटरसाइकलमा विद्यालय पुगेका बन्दुकधारीले आठदेखि १५ वर्ष उमेर समूहका प्राथमिक र माध्यमिक विद्यालयका बालबालिकाहरूलाई लगेको विद्यालयका अधिकारीहरू र अभिभावकहरूले बताएका छन् ।

नाइजेरियाली सेनारप्रहरी र स्थानीय खोजी टोलीले अपहरणमा परेका बालबालिकाको खोजी गरिरहेका छन् । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले बालबालिकालाई फिर्ता ल्याउने कुरामा आफू विश्वस्त भएको बताउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय