Monday, October 7, 2024

आज सैनिक दिवस

spot_img

काठमाण्डौ – नेपाली सेनाले आज सैनिक दिवस मनाँदैछ । सेनाले आफ्नो स्थापना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ । नेपाली सेनाले देशभरी विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाइरहेको हो।

टुँडिखेलमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको छ । महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेको छ ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको छ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम भएका छन ।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । नेपालको सुरक्षाका साथै संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा पनि नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने देशको सूचीमा नेपाल अहिले पहिलो स्थानमा छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति सुरक्षा विभागका अनुसार शान्ति स्थापना कार्यका लागि सेना र प्रहरी प्रहरी पठाउने देशको सूचीमा नेपाल पहिलो स्थानमा छ । नेपालले ५ हजार ८ सय ६५ जना सैनिकसहित ६ हजार २ सय ६७ जना सुरक्षाकर्मी १५ वटा शान्ति अभियानमा खटाएको छ ।

संयुक्त राष्ट्रसङ्घले माग गरेमा ६० दिनभित्र द्धन्दग्रस्त देशको कुनै पनि ठाउँमा खटाउन सक्नेगरी सेनाले जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको छ । सेनाले १० हजार जनासम्म सेना शान्ति मिसनमा खटाउन सक्ने प्रतिबद्धता जनाएको छ । शान्ति मिसनमा खटिने सैनिकलाई विरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा निरन्तर तालिम आयोजना भइरहेको हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय