Monday, October 7, 2024

एआई मिसन चलाउन भारतीय रुपैयाँको लगानीलाई स्वीकृति

spot_img

काठमाण्डौ – भारत सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मिसन १ अर्ब २५ करोड अमेरिकी डलर अर्थात् १ खर्ब तीन अर्ब भारतीय रुपैयाँको लगानीलाई स्वीकृति दिएको छ ।

भारतमै एआई बनाउने कामलाई अगाडि बढाउन प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्ले १ अर्ब २५ करोड अमेरिकी डलरको बजेट स्वीकृत गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भारतले राष्ट्रिय स्तरको भारत एआई मिशनलाई पनि अनुमोदन गरेको छ । सरकारका अनुसार भारतको एआई मिशनले सार्वजनिक र निजी क्षेत्रका रणनीतिक कार्यक्रम र साझेदारीको माध्यमबाट एआई नवप्रवर्तनलाई उत्प्रेरित गर्नेछ ।

कम्प्युटिङ पहुँचको लोकतान्त्रिकरण, डाटाको गुणस्तर सुधार, स्वदेशी एआई क्षमताको विकास, एआई प्रतिभालाई आकर्षित गर्ने, स्टार्टअपमा जोखिम पूँजी प्रदान गर्ने, नैतिक एआईलाई बलियो बनाउने, र भारतको एआई इकोसिस्टमलाई बढावा दिने सरकारले बताएको छ ।

यो मिशन डिजिटल इन्डिया कर्पोरेशन अन्तर्गत इन्डिया एआई स्वतन्त्र व्यवसाय विभागले कार्यान्वयन गर्नेछ । यसले उच्च दक्ष रोजगारीका अवसरहरू पनि सिर्जना गर्ने सरकारको विश्वास रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय