Monday, July 8, 2024

बिर्तामोड वाणिज्य संघको मतदान सम्पन्न, ४ हजार ९४ मत खस्यो

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघमा ४ हजार ९४ मत खसेको छ । विहान साढे ८ बजेबाट सुरु भएको मतदानमा ४ हजार ९४ जनाले मत खसालेका हुन् । बेलुकी ५ बजेम्म मत खसाल्न मतदानस्थलमा प्रवेश गर्न दिइएको थियो । संघको मतदाता संख्या ५६७३ रहेको छ ।

आगामी कार्यकालको लागि वाणिज्य संघमा स्वतन्त्र व्यावसायिक प्यानलको नेतृत्व अर्जुन मैनाली र लोकतान्त्रिक प्यानलको नेतृत्व राजु न्यौपानेले गरेका छन् ।

मैनाली नेतृत्वको स्वतन्त्र प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल उम्मेदवार रहेका छन् ।
त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाँई, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेदवार रहेका छन् । खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाँईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेतीको उम्मेदवारी रहेको छ ।

यस्तै, न्यौपानले नेतृत्व गरेको लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवार रहेका छन् । त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्षमा तिलोत्तमा खत्री छन् ।

त्यस्तै खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा साह गुप्ता उम्मेदवार रहेका छन् । युवा व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।

निर्वाचनको मतगणना आजै बेलुकाबाट हुने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय