Monday, October 7, 2024

अमेरिकाको निजी कम्पनीले पठाएको यान चन्द्रमाको सतहमा अवतरण

spot_img

अमेरिकाको निजी कम्पनी इन्टुइटिभ मशिन्सले पठाएको अन्तरिक्षयान आज बिहान चन्द्रमाको सतहमा अवतरण भएको छ । योसँगै इन्टुइटिभ मशिन्सचन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ । यस्तै ५० वर्षपछि चद्रमामा अमेरिकाको पुनः उपस्थिति भएको छ ।

निजी कम्पनीले यान पठाएको भए पनि उसलाई अमेरिकी अन्तरिक्ष निकाय नासाले पैसा दिएको हो । अमेरिकाले यसअघि अन्तिम पटक सन् १९७२ मा चन्द्रमामा यान अवतरण गराएको थियो ।

आज यान अवतरण भएको ठाउँ सूर्यको प्रकाश कहिल्यै नपुग्ने खाडल भएको क्षेत्र हो । त्यहाँ जमेको पानी हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । यानमा नासाका छ वटा उपकरण रहेका छन् । त्यसमध्ये एउटा उपकरणले चन्द्रमामा भएको धुलोको गुणबारे महत्त्वपूर्ण अध्ययन गर्ने नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय