Friday, November 22, 2024

नेपालले नामिबियालाई दियो १ सय ६९ रनको लक्ष्य

spot_img

काठमाण्डौ : आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नामिबियालाई नेपालले १ सय ६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा अल आउट हुँदै एक सय ६८ रन बनायो ।

नेपालका लागि आशिफ शेखले ५८ रन, कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करन केसीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अ‌ङ्कमा रन बनाउन सकेनन् ।

नामिबियाका बर्नाल्ड स्कोल्ज्ड र जन निकोल लेफ्टी इटोनले चार विकेट लिएका छन् । यसअघि भएको खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो भने नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय