Sunday, October 6, 2024

प्यालेस्टिनी शरणार्थीका लागि गर्दै आएको सहयोग रोक्ने बेलायतको घोषणा

spot_img

बेलायतले प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र सङ्घको राहत संस्था (यूएनआरडब्ल्यूए) को लागि गर्दै आएको सहयोग रोक्ने घोषणा गरेको छ । गएको अक्टोबर ७ मा इजरायलमाथि हमास लडाकुहरुले गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारी पनि संलग्न रहेको आरोप लागेपछि बेलायतले सहयोग रोक्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

इजरायलले आफ्नो भूमिमा भएको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारीहरु पनि संलग्न भएको आरोप लगाएको हो । बेलायतले इजरायलले लगाएको आरोपबाट स्तब्ध भएको भन्दै आरोप माथि अनुसन्धान पूरा नहुन्जेल सहयोग रोक्ने बताएको हो ।

अमेरिका, अष्ट्रेलिया, इटाली र क्यानडाले यसअघि नै संयुक्त राष्ट्रसंघको यूएनआरडब्ल्यूएलाई दिने सहयोग रोक्ने घोषणा गरिसकेका छन् । अहिले आयरल्याण्ड र नर्वेले मात्रै सहयोगलाई निरन्तरता दिएका छन् ।

अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ । गाजामा विस्थापित भएका झण्डै २० लाख मानिस यूएनआरडब्ल्यूए को सहयोगमा निर्भर रहेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय