Tuesday, February 4, 2025

८ कमेडियनले अमेरिका यात्रा गर्ने

spot_img

फ्लाई नेपालले आयोजना गरेको ‘अब हाँस्छ अमेरिका’कार्यक्रम लिएर ८ हास्य कलाकार ले अमेरीका यात्रा गर्दै नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरु‘अब हाँस्छ अमेरिका’ कार्यक्रमको साथमा अमेरिकाको यात्रामा गर्न तयार भएका छन् । फ्लाई नेपालको आयोजना रहेको कार्यक्रमका लागि कलाकारहरु दुई सातापछि अमेरिका प्रस्थान गर्नेछन् ।  फ्लाई नेपालले बिहीबार एक कार्यक्रमका बिच ‘अब हाँस्छ अमेरिका’कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दिएको थियो । कार्यक्रम आयोजक फ्लाई नेपालका निर्देशक विनोद अधिकारीले अमेरिकाका दुई दर्जन भन्दा बढी सहरमा कार्यक्रमको तय  भएको जानकारी दिनुभएको छ । अधिकारीका अनुसार कलाकारको टोलीको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । अमेरिकामा रहेका नेपालीहरुलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउने उदेश्यले कार्यकलाइको आयोजना गर्न लागेको आयोजकको रहेको छ । अमेरिकी यात्रामा नेपालका प्रख्यात हास्य कलाकारहरु क्रमशः सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, सन्तोष थापा सहभागी हुनेछन् ।  कार्यक्रममा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र अवसरमा अमेरिकामा कार्यक्रम गरेको र त्यस्तो कार्यक्रममा गायन ,नृत्य सबै भएको कार्यक्रममा भाग लिएको र यो अहिले को कार्यक्रम चाहिँ शुद्ध हास्यकलाकारहरु मात्र भएकोले आफ्नो लागि यो कार्यक्रम निकै नै विशेष रहेको बताए ।  ‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत छु’ आफू पहिलो वैदेशिक यात्रा आफैमा यादगार रहेको तर अब याद यात्राहरु मध्ये अर्को याद गर्ने यात्रा अबको यात्रा रहने भन्दै खुसी व्यक्त गरे ।  भरतमणि पौडेलले महजोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको जनाए । उनले दर्शकका लागि पुरानो गेटअपमा नयाँ प्रस्तुति दिने कुरामा उत्साहित रहेको कुरा जानकारी दिए । कार्यक्रममा बिच बाँकी सहभागीले यात्राका लागि उत्साहित भएको बताउँदै भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घण्टाको रहने बताए । एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स,, सानफ्रान्सिस्को लगायतका ठाउँमा आयोजना हुने र आफुलाइ पायकपर्ने ठाँउहरुमा अएर कार्यक्रम आइदिन अनुरोध समेत गरेका छ्न ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय