त्रिवेणी साहित्य मञ्च एन. आर. एन .ए पेन्सिलभेनिया चेप्टरले आयोजना गरेको कार्यक्रम संयुक्त राज्य अमेरिककाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसवर्ग शहरमा नेपालका पत्रकार तथा लेखक श्रीनेत्र पन्थीको पुस्तक “लेफ्ट-राइट, सत्ता र शक्तिको अराजनीति” को बौद्धिक ब्याक्तित्वहरु बिच कृतिको विमर्श भएको छ । विमर्श कार्यक्रममा साहित्यकार तथा पत्रकार भक्त धिमिरेले कृतिको विषयमा आफ्नो भनाइ राख्दै यो कृति कृति मात्र नभएर नेपालको ईतिहासमा ठूलो ग्रहन्थ हो भन्दै अहिले सम्म हुँदै आएका नेपालको घिनलाग्दो राजनैतिक अवस्था र अराजतत्वको गतिलो झटारो पनि हो भन्नु भएको छ भने अर्का ब्याक्तित्व गोकुल श्रेष्टले पनि नेपालका राजनितिक पाटीका माथिल्लो तहमा रहेका राजनीतिक दलका प्रमुखहरुको अशोभनिय चालचलनको नतिजा ऐनामा छर्लङ्ग देखाएको हो भन्दै पोल समेत खोल्नु भएको थियो। साहित्यक सर्जक गण्डकीपुत्रले विमर्शको ढोका उगारेको कार्यक्राममा सामाजिक अभियान्ता, पत्रकार रसाहित्यकारहरूको ठूलो उपस्थिति रहेको थियो भने कार्यक्रममा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशब बैरागी माइलाको उपस्थिति रहेको थियो । बैरागीले आफ्ना हातमा नेपाली माटोको सुगन्ध अहिलेसम्म आइरहेको र नेपाललाई कहिल्यै माया मार्न नसकिने भन्दै आफ्नो रास्ट्र प्रतीको भाव पनि प्रकट गरेका थिए । उक्त पुस्तकमा सत्ता र शक्तिको अराजनीति कृतिले नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको राजनीति खोतल्ने प्रयास गरेको छ । जहाँ नीति , नियम , नैतिकता , मूल्य-मान्यता , सिद्धान्त , सवाल , व्यवस्था , विधि-विधान , संविधान ,प्रावधान , पद्धति , प्रक्रिया , प्रचलन , आदर्श , मर्यादा , परम्परा , इमानदारीता , पारदर्शिता , औचित्य ,विवेक , शिष्टचार र लाज- सरम सबैको नजरअन्दाज छ । शक्ति ,सत्ता र पद प्राप्तिका लागि जायज – नाजायज सबै कसरत भएका छन् । षड्यन्त्र , धोका , अन्तर- पार्टी संघर्ष र भूराजनीतिक टकराव देखिएको छ । राजनीतिक दलका प्रमुखहरुमा धेरै हदसम्म मिडियासँगको डरको पनि अन्त्य छ । पुस्तकमा कहिले दायाँ र कहिले वायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको बिगत र हालको राजनितिक अवस्थालाई चित्रण गरि राजनितिक दलहरुले सत्ता र शक्तिको दुरुपयोग गरि गरेका विभिन्न नराम्रा कार्यहरुलालाई यथार्थ र दुर्भाग्यपूर्ण कटु सत्य उजागरको समेत प्रयास भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1