Saturday, October 5, 2024

नेपालको सानदार जित सिंगापुर ४ विकेटले पराजित

spot_img

१७  भदौ, झापा । एसीया कप छनोट क्रिकेट प्रतियोगीतामा नेपालले आज दोस्रो सानदार जित हात पारेको छ।

नेपालको चौथो खेलमा सिंगापुरले नेपालको लागी दिएको १५२ रनको लक्ष्य लाइ पछ्याउदै नेपालले  २८ ओबरमा ६ विकेट गुमाउदै भेट्न सफल भएको छ।

नेपालका ललित नारायण राजवंशी र  सन्दीप लामिछानेले तीन –तीन सोमपाल कामीले दुई पारस खड्का र बसन्त रेग्मीले एक–एक विकेट लिएका थिए । तेस्पछी सिंगापुरले ४२ ओबरमा आफ्नो सम्पुर्ण विकेट गुमाउदै १५१ रनमा समेटीएको थियो ।

जवाफी ब्याटमा उत्रेको नेपालले सिंगापुर बिरुद्ध उत्क्रीष्ट ब्याटीङग गर्दै सिंगापुरले दिएको लक्ष्य लाइ २८ ओबरमा नै भेटेको हो । नेपालको ब्याट आज निकै आक्रामक देखिएको थियो। ओपनरमा आएका अनिल साहले निकै आक्रामक ब्याट गर्दै ब्यक्तीगत ४३ रन बनाएका थिए भने  अर्का ओपनर सुवास खकुरेलले मात्र १४ रन बनाउदा उनलाई सिंगापुरका अर्जुन मुट्रेजाले क्याच आउट बनाउदै मैदानबाट बाहीर पठाएका थिए।  तेसपछी आएका नेपालको ब्याटसमेन पारस खड्काने ११ रन , ज्ञानेन्द्र मल्लले २९ रन , दिपेन्द्र सिह एरीले ३३रन र सागर पुनले १४ रन  ब्यक्तीगत नेपालको खातामा जोड्दै मैदान छोडेका थिए भने सोमपाल कामीले २७ ओबरमा मैदान प्रबेश गरेर कुनै पनि रन बनाएनन भने २६ ओभरमा आएका एरीफ सेखले अन्तिम चौका प्रहार गर्दै खेललाई लक्ष्यमा पुर्याएका थिए।

नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।  आजपनी नेपालले जितेर सिंगापुर बिरुद्ध दवाव कायमै राखेको छ।

पहिलो खेलमा ओमान र दोस्रो खेलमा यूएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । अघिल्ला दुई खेल हारिसकेकेा र रन रेट पनि कमजोर रहेकोले नेपाल फाइनलमा पुग्ने सम्भावना न्यून छ । यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । – Simon Chamling Rai

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय