Sunday, October 6, 2024

पत्रकार पुडासैनीले न्याय पाउनैपर्छ भन्दै चितवनमा अर्को प्रदर्शन

spot_img

३२ साउन, चितवन । प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो ।

‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपमा पाँच जना प्रहरी घाइते छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्रेको छ । उनीहरुमाथि पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय