Sunday, October 6, 2024

चितवन जिल्ला अदालतले रवी लामिछाने सहित ३ जनालाई ५ दिन हिरासतमा राख्न म्याद थप

spot_img

३१ श्रावण, चितवन । चितवन जिल्ला अदालतले रवी लामिछाने सहित ३ जनालाई अनुसन्धानका लागि भन्दै ५ दिन हिरासतमा राख्न म्याद थप गरेको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन् । शुक्रबार बिहान भएको बहसको आधारमा रवी सहित ३ जनालाई अनुसन्धानको लागि म्याद थपिएको हो । तीनैजना प्रहरी हिरासतमा रहनेछन् ।

 

प्रहरीले बिहीबार बेलुकी टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई कार्यालयबाटै पक्राउ गरेर चितवन लगेको थियो। चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार पक्राउ गरेको थियो।
लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। आत्महत्या दुरुत्साहन अभियोगमा अस्मिता कार्कीलाई बिहीबार दिउँसै प्रहरीले नियन्त्रणमा लिएको थियो।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय