Sunday, October 6, 2024

प्रणितले जिते उत्कृष्ट कोरियोग्राफरको अवार्ड

spot_img

झापाका प्रणित पुडासैनीले नेपालमा पहिलो पटक आयोजना गरिएको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ मा मोफसलको उत्कृष्ट कोरियोग्राफको उपाधि जितेका छन् ।

पुडासैनी झापामा विगत ५ वर्षदेखि ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट कम्पनी मार्फत कोरिग्राफरको काम गर्दै आएका छन् । उनी सोहि कम्पनीका प्रवन्ध निर्देशक समेत हुन् ।
काठमाडौको राष्ट्रिय सभा गृहमा आयोजना भएको फाइनल राउण्डमा मोफसलको उत्कृष्ट कोरियोग्राफर भएका घोषणा भएका हुन् ।

नेपाली फेसन तथा मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई पुरस्कृत गरिने उक्त समारोहकोमा उनलाई मोफसलको उत्कृष्ट कोरियोग्राफरको अवार्ड प्रदान गरिएको छ । पुडासैनी उत्कृष्ट पाँचौं हुँदै फाइनल राउण्डमा पुगेका थिए ।

सो अवार्डमा उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फेसन डिजाइनर, उत्कृष्ट फेसन कोरियोग्राफर, उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर डिजाइनर, उत्कृष्ट फेसन पत्रकार, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देशक, उत्कृष्ट कार्यक्रम प्रवन्धक, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट फेसन फोटोग्राफर आदि विधामा अवार्ड प्रदान गरिएको छ Ijalas.com

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय