Sunday, October 6, 2024

झापाको होटलमा बस्न अब अनिवार्य परिचय पत्र

spot_img

४ श्रावण, बिर्तामोड । होटलमा आपराधिक गतिविधि बढ्दा शान्ति सुरक्षामा असर पर्ने भन्दै जिल्ला प्रहरी कार्यालय झापाले जिल्लामा सञ्चालित होटलहरुलाई ग्रहाकको अनिर्वाय परिचय पत्र राख्न निर्देशन दिएको छ ।

आपराधिक मानसिकता समेत भएका ब्यक्ति होटलमा बस्ने र शान्तिसुरक्षामा  चुनौति थपिएको भन्दै प्रहरीले कडाई गरेको हो । होटलमा यौनजन्य गतिविधि बढेको र शान्ति सुरक्षामा चुनौति थपिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । उनले भने – हाम्रो संगठनले कही कतै गल्ती गरेको भए खबर गर्नुहोस् त्यस्ता व्यक्तिलाई तुरुन्त कारवाही गर्छु । तर, होटलमा अनौतिक रुपमा यौनजन्य गतिविधि (यौन धन्दा ) चलाउनेलाई छाड्दिन ।

बिर्तामोडका होटल ब्यवसायीहरुलाई शान्ति सुरक्षा र यौनजन्य गतिविधिका कारण समाजमा पर्ने असरका बारेमा जानकारी गराउदै कानुनले वर्जित गरेको कार्य गर्ने जो कोहीलाई पनि प्रहरीले सबक सिकाउने समेत मैनालीले बताए । उनले अपराध नियन्त्रणका लागि होटल ब्यवसायीसंग हातमा हात मिलाएर प्रहरी अघि बढ्ने स्पष्ट पारे ।

शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीमा आयोजित कार्यक्रममा होटल ब्यवसायीले लजको ब्यवस्था गरेको भए अनिर्वाय रुपमा परिचय पत्र राखेर मात्रै बस्न दिने नियम लागू गर्न निर्देशन दिए । उनले होटलहरुले आफ्नो कर्मचारीको परिचय खुल्ने विवरण राख्नु पर्ने भन्दै ड्रेस कोर्ड अनिर्वाय गर्न होटल ब्यवसायीलाई आग्रह गरेका छन् ।

जिल्लाका सबै इलाका भित्र पर्ने होटलहरुले अनिर्वाय रुपमा नजिकैको प्रहरी कार्यालयमा सबै विवरण बुझाउनु पर्ने भन्दै होटलमा शंकास्पद गतिविधि भएर तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे । प्रहरीले ब्यवसायीसंग रकम मागे तत्काल आफूलाई खबर गर्न आग्रह गर्दै प्रहरी उपरीक्षक मैनालीले भने–झापा जस्तो सचेत जिल्लामा कानुन विपरीत कार्य गर्नुहुदैन् । उनले आफ्नो फोन नम्बर दिदैं प्रहरीले कुनै डर धम्की वा असुली गरे तत्काल खबर गर्न आग्रह गरे ।

होटल ब्यवसायी मर्यादित भए मात्रै समाजलाई सभ्य बनाउन सकिने भन्दै उनले कानुन विपरीत कार्य गरे प्रहरीले नछाड्ने चेतावनी दिए । उनले अभद्र ब्यवहारको सार्वजानिक मुद्धा चलाउँछ १५ दिनपछि छुट्छु भन्ने सपना नदेख्ने चेतावनी दिए । राती ९ बजेबाट अर्डर लिन नपाइने र १० बजेसम्ममा होटल बन्द गर्नुपर्ने भन्दै कोही ब्यक्ति अभर परेर राती १२ बजे आएपनि उसलाई प्रहरीलाई जानकारी गराएर राख्न भने सकिने प्रहरी उपरीक्षक मैनालीको भनाई छ । उनले रातको समयमा आउँनेले बस्नै नपाउने भन्ने नभएको उल्लेख गरे । पाहुनालाई स्वागत गर्नुपर्छ तर राती १० बजेपछि कोही आँउछ भने प्रहरीलाई जानकारी दिनुहोस् र राख्नुहोस् ।

त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले होटलको मुख्य प्रवेशद्धार, काउण्टर तथा प्यासेजमा अनिर्वाय सीसी क्यामेरा जडान गर्न सुझाव दिए । रातको समयमा यौनजन्य गतिविधि तथा आपराधिक घटना हुन सक्नेभएकाल सीसी क्यामेरा जडान गरेमा प्रहरीलाई अनुसन्धान गर्न समेत सहज हुने धारणा ब्यक्त गरे । प्रहरीले आचार विपरीत कार्य गरे कडा कारबार्ही गर्ने भन्दै उनले प्रहरी यौनजन्य घटनामा संलग्न भए ऊ प्रहरी नभएर अपराधी हुने उल्लेख गरे ।

उनले होटल लज रेष्टुरेन्टलाई नियमन नगरिए होटल लज आपराधिक क्रियाकलापको थलो बन्ने भन्दै नियमनको प्रक्रिया शुरु गरिएको बताए । उनले भने – अपराधमा सम्लग्न होटलमा बसेर पूर्व योजना बनाउने, अपराध भए पश्चात होटललाई सेल्टर बनाउने, लागू औषध, जवरजस्ती करणी, वेस्यावृत्ति, मानव वेचविखन, वाल यौन शोषण, गुण्डागर्दी, झैझगडा जस्ता अपराध होटलमा घट्ने भएकाले नियमन जरुरी छ।

होटलले तोकिए वमोजिम ग्राहकको अभिलेख नराख्दा, सिसि क्यामेरा जडान नगर्दा होटलमा मृत फेला परेका कतिपय घटना तथा अन्य घटनामा होटल संचालक जेल गएका छन् उनले भने – पेशा व्यवसायको आवरणमा हुने कुनैपनि अपराधिक तथा अनैतिक क्रियाकलाप क्षम्य हुँदैन । यसको नियन्त्रण गर्नु प्रहरीको प्राथमिक दायित्व हो । शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्ने वहानामा प्रहरीले पनि होटल व्यवसायीलाई तर्साउने, दुःख दिने, नगद जिन्सी माग्ने कार्य गर्न कसैलाई पनि छुट छैन । यदि त्यस्तो भएको भए पनि मलाई खवर गर्नुहोस् म प्रहरीलाई नै कारवाही गर्छु ।

उनले बिर्तामोडमा सञ्चालित केही होटल तथा लजमा वेस्यावृत्ति र बाल श्रम शोषण हुने गरेको बताए । वालवालिका समेत वेस्यावृत्तिमा प्रयोग गरिएको पाइएको उनले भने – रातको समयमा तोकिएको समय भन्दा बढी समय होटल खुल्ला गर्ने तोकिएको मापदण्ड विपरित होटल संचालन गर्ने , ग्राहकलाई ठगी गर्ने, ओभर विलिङ गर्ने जस्तो पाइएको छ हामी त्यसलाई समेत नियमन गर्छाै।

कार्यक्रममा उनले बालवालिका सम्वन्धी ऐन, २०७५ को दफा ६६ मा वालवालिकालाई वेस्यावृत्ती लगायत यौनजन्य क्रियाकलापमा लगाएमा १५ वर्षसम्म कैद हुने व्यवस्था रहेको भन्दै यसअघि पनि सोही ऐन प्रयोग गरेर केही लाई मुद्धा चलाएको बताए । डान्सवार क्यासिनो लगायत मनोरन्जनस्थलमा वालवालिकालाई प्रवेश गराउने वा प्रयोग गराउने कार्यलाई पनि दण्डनिय व्यवस्था गरेको छ यदि त्यस्तो छ भने त्यस्तो कार्य तत्काल बन्द गराउन समेत निर्देशन दिए ।

बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार कसैले पनि चौध वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकको रुपमा काममा लगाउनु हुँदैन भन्दै उनले भने –‘ कसैले बालकलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाउनु हुँदैन । होटल रेष्टुरेन्ट जोखिमपूर्ण व्यवसायमा पर्ने हुनाले १८ वर्ष भन्दा मुनीका वालवालिकालाई होटलमा काम गराउन नमिल्ने व्यवस्था रहेको । कसैले पनि बालकलाई ललाई, फकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दवाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाए कारवाही हुन्छ ।

कार्यक्रममा बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिकाका होटल व्यवसायीको सहभागीता रहेको थियो । कार्यक्रममा होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेतीले यौनजन्य क्रियाकलाव नियन्त्रण गर्न होटल व्यवसायी संघको अहम भूमिका रहने बताएका थिए । उनले भने – जिल्लाको होटल व्यवसायलाई मर्यादित बनाउन सबै होटल व्यवसायी सचेत छौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय