Saturday, November 23, 2024

झापासहित धेरै स्थानमा वर्षाको सम्भावना

spot_img

२३ असार, झापा । मनसुनी न्युन चापीय रेखा नेपालतिर सरेकाले मनसुन सक्रिय भएको छ । झापासहित देशका अधिकांश क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । विशेषगरी पूर्व र मध्य क्षेत्रमा बढी पानी पर्ने देखिएको छ ।

पश्चिमका क्षेत्रमा भने केही कम पानी पर्नेछ । देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ । पूर्वमा वर्षाभएसंगै किसान खुशी भएका छन् ।

असारको तेस्रो साता बितिसक्दा समेत मनसुन सक्रिय नहुदाँ रोपाई नभएपछि किसान निरास बनेका थिए । आइतबार रातीबाटै पूर्वका जिल्लामा वर्षा सुरु भएको मौसम विभागले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय