Monday, October 7, 2024

वर्षा नभएपछि रोपाइँ प्रभावित, किसान चिन्तित

spot_img

२० असार, झापा ।मनसुनको समयमा समेत पर्याप्त वर्षा नभएपछि धान रोपाईमा कमी आएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अघिल्लो बर्षको तुलनामा यही अवधिमा यो बर्ष ५ प्रतिशतले रोपाइँमा कमी भएको हो । मुख्यगरी धानखेती हुने पूर्व र तराईका अधिकांश क्षेक्रमा मनसुन सत्रिय नभएकाले यो बर्ष धान रोपाइँको प्रतिशत न्युन देखिएको हो ।

मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीका अनुसार पछिल्लो साताको तथ्याङकमा मुलुकभर १५ प्रतिशतको हाराहारीमा मात्र रोपाइँ भएको छ । अघिल्लो वर्ष यहि समयमा २० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भएको थियो ।

सिँचाईको पर्याप्त ब्यबस्था नहुदा मनसुनकै भरमा खेती गर्नुपर्ने बाध्यतामा रहेका किसानहरु बर्षा नै नभएपछि थप चिन्तित भएका छन् । वर्ष नहुदाँ झापाका किसान चिन्तत बनेका छन् । आकाशे पानीको भरमा धेरै क्षेत्रमा रोपाई हुने गरेपनि पर्याप्त पानी नपर्दा समस्या भएको किसानहरुले बताएका छन् ।

असारको तेस्रो साता बित्न लाग्दा समेत झापामा २२ प्रतिशत मात्रै राई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । उता इलामका किसान पनि वर्ष नभएपछि चिन्तत बनेका छन् ।

इलामको रोङ गाँउपालिका–१ सिरिसेका किसान गणेश ढकालले रोपाई गर्न सबै तयारी पुरा गरेपनि पर्याप्त वर्ष नहुदाँ पानीको समस्या भएकाले रोपाई गर्न नसकेको बताए । समयमा रोपाई नहुदाँ धानको बिऊ खेर जाने अवस्थामा पुगेको भन्दै किसानहरुले चिन्ता ब्यक्त गरेका छन् ।

यसैबीच जल तथा मौसम पुर्वानुमान महाशाखाले नेपालमा मुनसुन सक्रिय हुन अझै केही दिन लाग्ने जनाएको छ । न्यून चापीय रेखा भारततर्फ मात्र देखिएकाले नेपालमा तत्काल बर्षा हुने संभावना कम रहेको मौक्ष्समविद् विभूती पोखरेलले जानकारी दिए।

सो न्यून चापीय रेखा पश्चिम नेपालको नजिक रहेकाले त्यहाँ भने वर्षाको केही सम्भावना रहेको पोखरेलले बताए। पुर्वी र तराईका जिल्लाहरुमा वर्षा हुन केही समय लाग्ने देखिएको उनको भनाई छ ।

यसैबीच साल्ट ट्रेडिङ कम्पनीले मलको अभाव पुर्तिका लागि वैकल्पिक ब्यबस्था मिलाएको छ । बजारमा देखिएको डिएपीको अभाव पुर्तिका लागि साल्ट ट्रेडिङले गैरअनुदानित मलको बिक्रि वितरण सुरु गरेको हो ।

उसले आफ्ना २९ वटै शाखाबाट सो मलको बिक्रि वितरण सुरु गरेको मलशाखा प्रमुख नेत्र भण्डारीले बताए । फस्फोरससहित माटोलाई आवश्यक सुक्ष्म तत्वहरुको समेत उपयुक्त मात्रा भएकाले गैरअनुदानित मलको प्रयोग बढाउन उनले आग्रह गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय