Monday, October 7, 2024

पानी पार्ने हावा भारतको मध्यप्रदेशमा फर्कियो, अझै केही दिन ठूलो वर्षा नहुने

spot_img

१९ असार, काठमाण्डौ । भारतको मध्यप्रदेशमा बनेको बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा पर्याप्त पानी पर्न नसकेको मौसमविद्ले बताएका छन् ।

बंगालको खाडी र अरब सागरबाट आएको पानी पार्ने जलवाष्पयुक्त हावा पनि त्यही न्यूनचापीय क्षेत्रतर्फ गएकाले नेपालमा पानी पर्न नसकेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । यो न्यूनचापीय रेखा पानीमा बनेको भए चक्रवातको जोखिम हुने तर जमिनमा बनेको भएर ठूलो असर नदेखिएको उहाँको भनाइ छ ।

किन सक्रिय भएन मनसुन ?

यस्तै मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तल रहेकाले पनि नेपालमा पर्याप्त पानी पर्न नसकेको उहाँले बताउनुभयो । स्थानीय वायुको प्रभावले थोरै ठाउँमा पानी परे पनि स्थानीय वायुलाई सहयोग गर्न अरु जलवाष्पयुक्त हावा नेपाल आउन नसक्दा पानी पर्न नसकेको उहाँले बताउनुभयो ।

बिहीबार पनि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने उहाँको अनुमान छ । तर बादल लागेपनि थोरै ठाउँमा मात्र एकैछिन पानी परेर रोकिने संभावना छ । नेपालगञ्ज, धनगढीलगायत पश्चिमका थोरै ठाउँमा बुधबार राति पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय