Monday, October 7, 2024

युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ पक्राउ

spot_img

१३ असार, काठमाण्डौ । काठमाण्डौको भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गर्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

आफूलाई ‘धर्ती माता’ नामले चिनाउने कुँवरले काठमाण्डौ भद्रकालीको मन्दिरमा एक युवतीलाई कुटपिट गरेकी थिइन् । युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय