Monday, October 7, 2024

मोटसाइकलको ठक्करले झापाको माइधारमा एक महिलाको मृत्यु

spot_img

१० असार, झापा । मोटसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका १ पोखिरया बस्ने ६६ वर्षीया सुभद्रा भट्टराईको मृत्यु भएको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १० माइधारमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाइकलले पैदलयात्री भट्टराईलाई सोमबार बिहान ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा सोमबार बेलुका बिर्तामोडको बीएण्डसी अस्पतालमा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकलचालकलाई नियन्त्रणमा लिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय