Monday, October 7, 2024

वृद्धालाई बोक्सी आरोप लगाउने शिवाकोटी धरौटीमा रिहा

spot_img

७ असार, झापा । मेचीनगर ९ की ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप लागउने माता भनिने पवित्रा शिवाकोटीलाई जिल्ला अदालत झापाले दुई लाख धरौटी माग गरेको छ। शुक्रबार भएको भएको थुनछेकको बहसपछि माता भनिने शिवाकोटीलाई दुई लाख धरौटी राखेर रिहा गर्न आदेश गरेको झापाका सरकारी वकिल केशव पन्तले जानकारी दिए।

न्यायधीश उद्धबप्रसाद भट्टराईको एकल इजलासले मातालाई तत्काल दुई लाख रुपैयाँ धरौटी राखेर तारिकमा बस्न गरी रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि दुई लाख धरौटी राखेर शिवाकोटी रिहा भएको अदालत स्रोतले बताएको छ।

मुद्दाको अन्तिम फैसला नहुन्जेल आवश्यक परेको बेला हाजिर हुने गरी दुई लाख रुपैयाँ धरौटी राखेर शिवाकोटी रिहा भएकी हुन्। शिवाकोटीले झारफुकमार्फत् उपचार गराउने भन्दै मेचीनगर ९ कि एक महिलालाई यातना दिई बोक्सी बकाएकी थिइन्। शिवाकोटीलाई प्रहरीले जेठ ३१ गते पक्राउ गरेको थियो।

शिवाकोटीलाई लागेको अभियोग प्रमाणित भएमा ५ देखी ८ वर्ष कैद सजाय हुनसक्ने कानुनी प्रावधान छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय