Monday, October 7, 2024

वर्षकै लामो दिन आज

spot_img

आज जून २१ तारिख । सामान्यतया: आजको दिन पृथ्वीको  उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाण्डाैमा ५ बजेर ९ मिनेट जाँदा सूर्याेदय भएकाे थियाे भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्छ ।  यसपालि आजको दिन लामो हुने भएको हो । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।

यस्तै, आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको पनि मानिन्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय