Monday, October 7, 2024

साथमा रहेको पैसा ‘लुट्न’ घाँटी रेटी हत्या : पाँचथर हत्या प्रकरण

spot_img

४ असार, पाँचथर । हिलिहाङ गाउँपालिका–६ मा मंगलबार साँझ घाँटी रेटी हत्या गरिएकी २० वर्षीया सुजाता तामाङको साथमा रहेको पैसा पनि लुटिएको प्रहरीले जनाएको छ ।

सुजाताको साथमा रहेको ७८ हजार ५ सय रुपैयाँ हत्यामा संलग्नहरुले लुटेर लगेको प्रहरीले बताएको छ । सुजाताको हत्या लुटपाटकै लागि गरिएको हो या अन्य कारणले हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । हत्या गरिएकी तामाङ हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा काम गर्थिन् ।

मंगलबार गाउँका दुई ठाउँका बैठकमा सहभागी भएर फर्कने  क्रममा हिलिहाङ गाउँपालिका–६, चित्ते भन्ने स्थानको जङगलको गोरेटो बाटोमा उनको हत्या भएको थियो ।

इलामको माइजोगमाई गाउँपालिका–५ घर भएकी तामाङको शव अहिले जिल्ला अस्पताल फिदिममा राखिएको छ । उनका आफन्त आएपछि शवलाई पोस्टमर्टम गरिने प्रहरीले बताएको छ । हत्याराको खोजी भैरहेको प्र्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय