Monday, October 7, 2024

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

spot_img

३ असार, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली  नदीमा खसेको छ ।

खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

जीप र सवार सबै यात्रु बेपत्ता भएको  प्रहरी निरीक्षक सिंहको बताए ।  जीपमा कतिजना यात्रु थिए भन्ने एकिन नभएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । स्थानीयका अनुसार भने जीपमा १० भन्दा बढी यात्रु सवार थिए ।

प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको सिंहले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय