Monday, October 7, 2024

झापामा गरीब तथा जेहेन्दार विद्यार्थीलाई सहकारीको सहयोग

spot_img

२ असार झापा । झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले १३ गरीब तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १० सम्म आवश्यक पर्ने शैक्षिक सामग्री निरन्तर प्रदान गर्ने कार्यक्रमको आइतबारबाट शुभारम्भ गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्यका छोराछोरीलाई लक्षित गरी गौरादह–५ मा रहेको स्कूलचौन माध्यमिक विद्यालयबाट सो कार्य शुरु गरिएको हो ।

संस्थाकी अध्यक्ष मीना ढकालले सदस्यका छोराछोरीले स्कूल झोला, पोशाक, जुत्ता र कापीकलम किन्न नसकेर शिक्षाबाट विमुख हुनु नपरोस् भन्ने उद्देश्य राखेर यो कार्यक्रमको शुभारम्भ गरेको बताउनुभयो । उहाँले स्कूलचौन मावि, डोरामाडी मावि, मदन–आश्रित आधारभूत विद्यालय र गौरादह माविमा अध्ययनरत कक्षा नर्सरीदेखि ६ कक्षासम्मका १३ विद्यार्थीलाई सो सेवा प्रदान गरिएको बताउनुभयो ।
यसै चालू आर्थिक वर्षबाट शुरु गरेको कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष ढकालको भनाइ छ । उहाँले १३ विद्यार्थीलाई एसइई परीक्षा नदिएसम्म विद्यालयमा अध्ययन गर्दा लाग्ने सबै खर्च सहकारीले व्यहोर्ने बताउनुभयो । संस्थाको अन्तर समूहमा रहेका पदाधिकारीले विद्यार्थीको छनोट गर्ने प्रावधान रहेको छ ।

प्रतिविद्यार्थीलाई एक वर्षमा रु सात हजारसम्म खर्च लाग्ने अनुमान गरिएको छ । छनोटमा परेका विद्यार्थीको सबै खर्च एसइई नदिएसम्म सहकारीले नै व्यहोर्नेछ ।  एक हजार ९४३ महिला सदस्य मात्र रहेको सहकारीले कृषि परियोजनासमेत सञ्चालन गर्दै आएको छ । सहकारीले प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार अभियान तथा अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गर्दै आएको छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय