Monday, October 7, 2024

दमकमा पनि डेंगु देखियो, सचेत रहन चिकित्सकको आग्रह

spot_img

दमक । तीन वर्षअघि महामारीको रूपमा डेंगु फैलिएको झापाको दमकमा यस वर्षसमेत यो रोग देखिएको छ। सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको हो। संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्।

डेंगु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ। जनचेतनामूलक कार्यक्रमअन्तर्गत डेंगुबाट बच्ने उपायबारे टोल टोलमा पुगेर जानकारी गराउने क्रम जारी रहेको अर्यालले बताए।

यस्तै, लामखुट्टेको टोकाइबाट फैलने डेंगुको स्रोत नै नष्ट गर्ने कार्यक्रमअनुसार लार्भा खोज्ने र नष्ट गर्ने क्रमसमेत चलिरहेको छ। यता दमकमा दुई जनामा संक्रमित भेटिएसँगै झापामा संक्रमित हुनेको संख्या ८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय झापाले जनाएको छ । संक्रमितको संख्या बढेसँगै चिकित्सकले सबैलाई सचेत रहन आग्रह पनि गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय