Monday, October 7, 2024

सुरुङ्गा खानेपानीमा पद हस्तान्तरण

spot_img

सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथसहित पद हस्तान्तरण गरिएको छ ।

संस्थाको स्थापनाकालदेखि हालसम्मका अध्यक्ष प्रेमप्रसाद दाहालले संस्थाको चाबी तथा कागजात नवनिर्वाचित समितिलाई हस्तान्तरण गरेका थिए भने निर्वाचन समितिका संयोजक टीकाकुमार पोखरेलले विजयी पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गर्दै सपथ खुवाएका थिए । गत जेठ १६ गते सम्पन्न कार्यसमितिको निर्वाचनबाट चुनिएका अध्यक्षमा भीमप्रसाद अधिकारी, उपाध्यक्षमा युवराज संग्रौला, सचिवमा मीनकुमार प्रधान (गोपाल) र कोषाध्यक्षमा रामबहादुर न्यौपानेले सपथ लिएका थिए ।

कार्यक्रममा सदस्यमा निर्वाचित भरतकुमार श्रेष्ठ, बलराम अधिकारी, सूर्य गुरुङ, अम्बिका चापागाई र धनमाया चिमरियाले पनि सपथ लिएका थिए । चुनाव सम्पन्न गर्न टीकाकुमार पोखरेलको संयोजकत्वमा गंगाप्रसाद ढुंगेल र दुर्गाप्रसाद प्रसाईं सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले भूमिका निभाएको थियो ।

नेकपा नगर अध्यक्ष रवीन्द्र लम्साल, समाजवादी पार्टी नेपालका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, साझा विवेकशील पार्टीका नगर अध्यक्ष राजकुमार फुयाँल लगायतको आतिथ्य रहेको कार्यक्रममा सुकेडाँगी वन समूहका अध्यक्ष भक्तबहादुर पौडेल, कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमप्रसाद चुडाल, नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद चिमरिया, नेकपा नेता ओमप्रसाद पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचितहरुको तर्फबाट अध्यक्ष भीमप्रसाद अधिकारीले प्रतिबद्धता मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव गोविन्दप्रसाद पौडेलले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय