Monday, October 7, 2024

प्रदेश एक : बजेट खर्च बारे अर्थ समितिको चासो, चालु वर्षको बजेट २६ प्रतिशत मात्र खर्च

spot_img

२१ जेठ, मोरङ । प्रदेश १ को बजेट खर्चको बारेमा अर्थ समितिले चासो दिएको छ । खर्चको अवस्थाको बारेमा समितिले जानकारी मागेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले अहिलेसम्म भएको प्रगतीको बारेमा समितिलाई जानकारी गराएको हो ।

अर्थ समितिका सभापति मोहनकुमार खड्काको अध्यक्षतामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवनप्रकाश सिटौलाले चालु वर्षको बजेट २६ प्रतिशतले खर्च भइसकेको जानकारी दिनुभयो । सोचेअनुसार खर्च नभए पनि ६० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान रहेको उहाँले बताउनुभयो ।

आइतबारसम्मको विवरणअनुसार पूँजीगततर्फ २६ र चालु खर्च २७ प्रतिशत पुगेको सचिव सिटौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘६० प्रतिशत हाराहारी खर्च हुनसक्छ ।’ उहाँले आगामी आर्थिक वर्षका संघीय सरकारबाट सशर्त अनुदानतर्फ १३ अर्ब रूपैयाँ आउने अनुमान गरिए पनि ७ अर्बमात्रै आउने जानकारी दिनुभयो । यही कारणले गर्दा बजेट निर्माणमा चाप परेको उहाँले बताउनुभयो ।

अहिलेसम्म ३ अर्ब ३५ करोड आन्तरिक राजस्व प्राप्त भएको तर सवारी साधनको राजस्व बाँडफाँट वापतको रकम अझै प्राप्त नहुँदा स्थानीय तहमा पठाउनु पर्ने सशर्त अनुदानको रकम पठाउन समस्या भइरहेको उहाँले समितिलाई जानकारी गराउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय