Monday, October 7, 2024

प्रधानमन्त्री आज भारत जाँदै,मोदीको सपथग्रहण समारोहमा सहभागी हुने

spot_img

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जाँदै छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

भारतमा भएको लोकसभा निर्वाचनमा भारतिय जनता पार्टी (भाजपा) र उसको लोकतान्त्रिक गठबन्धनले भारी बहुमत ल्याएपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

दोस्रो शपथ ग्रहण समाारेहमा प्रधानमन्त्री मोदीले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई आमन्त्रण गरेका छन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदा उनले सार्क सदस्य राष्ट्रका सरकार प्रमुखलाई निमन्त्रणा गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको १० सदस्यीय नेपाली टोली आज दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

उनले आज हुने भारतीय प्रधानमन्त्री मोदीको सपथ कार्यक्रममा सहभागी हुनुहुनेछ ।

भोली प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भोलि नैं स्वदेश फर्कने छन् । प्रधानमन्त्रीको रुपमा ओलीको यो तेस्रो भारत भ्रमण हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय