Tuesday, October 8, 2024

बिर्तामोड हिरासतमा बालक मृत्यु प्रकरण : प्रहरीकै दुई वटा छानविन समिति

spot_img

९ वैशाख, बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमै मेचीनगर नगरपालिका–६का १५ वर्षीय किरण कार्की (ढोली)को रहस्यमय मृत्यु प्रकरणको बिषयमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आइतबार मानव अधिकारीकर्मी, दलित अधिकारीकर्मी र पत्रकारहरुसँग गरेको छलफल कार्यक्रममा उक्त माग गरिएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्काको समेत सहभागितामा भएको छलफलमा अधिकारीकर्मीहरुले प्रहरी हिरासतमै किरणको शव शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको र उक्त घटनाको प्रकृति हेर्दा प्रहरीमाथि शंका उब्जिएकोले घटनाको सत्य–तथ्य छानविन हुनुपर्ने माग गरेका थिए ।

‘किरणसँग जोडिएको घटनामा संलग्न प्रहरी कर्मचारी दोषी भए त्यसलाई कारवाही हुनुपर्छ’– प्रजिअ दाहालले भने– ‘आफू न्यायको पक्षमै रहेको र हिरासतमा किरणको मृत्यु प्रकरणको अनुसन्धान गरिरहेका छौं ।’

अधिकारीकर्मीहरुले छानविन समिति गठन पूर्व इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्कालाई निलम्बन गरी समिति गठन गर्न प्रजिअ समक्ष प्रस्ताव गरेका थिए । डीएसपी खड्कालाई निलम्बन गर्ने कानूनी अधिकारी आफू नभएको भन्दै प्रजिअले भने– ‘निलम्बनको प्रक्रिया माथिल्लो निकायबाट हुन्छ, जिल्लाको अभिभावक भएको नाताले छानविन समितिसम्म गठन गर्न मिल्छ ।’

गत चैत २९ गते बिर्तामोड–१ निवासी दामोदर अधिकारीको घरमा चोरी गर्ने मनशायले गएका बालक किरणले अभद्र व्यवहार गरेको आरोपमा उनका घरमा पाहुना आएका इलाम निवासी कमला दुलालले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपीले खड्काले जानकारी दिए । तीन दिन सरकारी बिदा भएकोले अदालतबाट म्याद थप्न नसकिएको स्वीकार्दै आफूबाट कुनै गल्ती नभएको डीएसपी खड्काले दावी गर्दै आएका छन् ।

दुईवटा छानविन समिति गठन

प्रहरी हिरासतमा किरणको मृत्यु भएको घटना सञ्चारमाध्यम आएसँगै प्रहरी कार्यालय झापाले प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

यता जिल्लाले गठन गरेको छानविन समिति बाहेक प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोरकुमार दाहालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति समेत गठन गरेको छ । छानविन समितिले घटना बिषयमा अनुसन्धान शुरु गरिसकेको डीएसपी श्रेष्ठले जानकारी दिए । बालक हिरासतमा रहेको समय कार्यरत् प्रहरी कर्मचारीमाथि अनुसन्धान शुरु भइसकेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय