Tuesday, October 8, 2024

सुरुङ्गा रेडक्रसमा तिम्सिना प्यानल विजयी

spot_img

नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाको निर्वाचनमा सभापति पदका उम्मेद्वार प्रवीण तिम्सिनासहित उनको सम्पूर्ण प्यानलले विजय हासिल गरेको छ ।

उक्त निर्वाचनमा प्रविन तिम्सिनाले २ सय ७८ मत ल्याउँदै विजयी बनेका छन् । तिम्सिनाका प्रत्यासी देवीप्रसाद बाँस्तोलाले १ सय ५५ मत ल्याएका छन् । सभापतिमा १ सय २३ मतअन्तरले तिम्सिना विजयी भएका हुन् । यसै गरी, उपसभापतिमा तिम्सिना प्यानलका कमला सुबेदीले २६२, सचिवमा हिरण्यकुमार राईले २ सय ५२, कोषाध्यक्षमा तोयानाथ अधिकारीले २ सय ७१, उपकोषाध्यक्षमा दीपक भट्टराईले २ सय ४५, उपसचिवमा राजु पाठकले २ सय ७२ मतसहित विजय भए ।

बाँस्तोला प्यानलकी सचिवमा शान्ति कट्टेलले १६९, सचिवमा निर्मलकुमार खतिवडाले १८१, कोषाध्यक्षमा भरतकुमार ढकालले १६३, उपकोषाध्यक्षमा भरतकुमार श्रेष्ठले १७९, उपसचिवमा रघुनाथ शिवाकोटीले १५७ मत ल्याई पराजित भएका छन् ।

महिला सदस्यमा तिम्सिना प्यानलका दिव्यश्वरा शिवाकोटी (फुयाँल) ले २४८ मत ल्याएर विजयी भइन् भने प्रत्यासी झुमा शिवाकोटी १६८ मत मात्र प्राप्त गरिन् । खुला सदस्यहरुमा तिम्सिना प्यानलकै खड्गबहादुर कार्की २५२ मत, प्रेम ओली २३९ मत, खेमराज अधिकारी २८९ मत र भीम राजवंशी २७७ मत ल्याएर विजयी भए । बाँस्तोला प्यानलबाट रामबाबु महर्जन १५८ मत, धर्मराज प्रसाई १५५ मत, नारायणप्रसाद कट्टेल १३२ मत र हरिप्रसाद सिटौलाले १५३ मत ल्याएर निकटतम प्रतिष्पर्धी बनेका छन् ।

कुल ५ सय ३२ मतदाता मध्ये ४ सय ४७ जनाले मतदान गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले नियुक्त गरेका निर्वाचन आयुक्त प्रकाशचन्द्र खरेलले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय