Tuesday, October 8, 2024

बिजुली शर्ट हुँदा प्राइम बैंकको शाखा कार्यालयमा आगलागी

spot_img

१९ चैत, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा रहेको प्राइम बैंकको शाखा कार्यालयमा आगलागी भएको छ ।

मंगलबार बिहान ६ बजेतिर बिजुली सर्ट भएर बैंकमा आगो लागेको संखुवासभाका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताउनुभयो । उहाँका अनुसार प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट कति क्षति भयो भन्ने बारेमा अनुसन्धान भइरहेकाे र पूरा विवरण आइनसकेको प्रनाउ सारुमगरले बताउनुभयो ।

प्राइम बैंकको शाखा कार्यालय सभापोखरीमा केही समयअघि मात्रै स्थापना भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय