Tuesday, October 8, 2024

प्रदेश २ सरकारको निर्णय : मृतकका परिवारलाई तीन लाख, घाइतेको उपचार निःशुल्क

spot_img

१८ चैत, प्रदेश २ । प्रदेश २ को मन्त्रिपरिषद् बैठकले हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरषदको आकिस्मक बैठकले ज्यान गुमाउनेका परिवारलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । घाइतेको उद्धार उपचारलगायतका काममा कर्मचारी खटाउने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ५ सदस्यीय उद्दार तथा राहत व्यवस्थापन समितिको गठन भएको छ । घर भत्केकाको पुनर्वास गर्ने र  प्रभावितलाई राहत तथा उद्दार गरी सहयोग गर्न  सम्पूर्ण सघसंस्थालाई बैठकले आग्रह पनि गरेको छ ।

यस्तै गृह मन्त्रालयले काठमाण्डौबाट त्रिपाल, लत्ताकपडा र औषधी सहितको टोली बारा पठाएको छ । आज बिहानै त्रिपाल लत्ताकपडा र खानेकुरा सहितका तीनवटा ट्रक र नेपाल प्रहरीका ९ जना स्वास्थ्यकर्मीको टोली काठमाण्डौबाट पठाइएको  गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका उपसचिव वेद खनालले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय