Wednesday, October 9, 2024

२२ लाखको अबैध औषधिसहित चार पक्राउ

spot_img

१७ चैत, भद्रपुर । झापाको दक्षिणी नाका कचनकबलबाट अबैध रुपमा नेपाल भित्र्याइएको रु. २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, झापाको बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इतियाज आलम र २८ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरुलाई मे १ च ४०६३ नम्बरको मारुती भेन, भारतीय नम्बर प्लेट बीआर ३७ जी १४४० को मोटरसाइकल र मे ६ प १०१६ नम्बरको नेपाली मोटरसाइकलमा औषधिहरु लुकाई छिपाई भारतबाट ल्याउँदै गरेको अवस्थामा कचनकवल गाउँपालिका–१ स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा शनिवार पक्राउ गरेको थियो ।

बरामद गरिएको औषधिहरुमा ब्रेस्टिम आयल तेल ७९९ बट्टा, ओर्लिम्याक्स ३१० क्याप्सुल उल्लेखित भएको ५ कार्टुन, फ्लोमिस्ट नासल स्प्रे २ कार्टुन, केयरप्रोस्ट नाम उल्लेखित रहेको २ कार्टुन, एमएग्रा उल्लेखित एक हजार बट्टा र जुरिक उल्लेखित १ कार्टुनमा रहेको ४०५ बट्टा, फोरड्रम उल्लेखित १ हजार २ सय बट्टालगायत रहेको छ । सो सामानको मूल्य रु. २२ लाख ३० हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

बरामद गरिएको अधिकांश औषधि यौन उत्तेजना बढाउन प्रयोग गरिने किसिमको रहेको छ । मुख्य अभियुक्त फुन्चोक लामाले सो सामान काठमाडौं लैजान लागेको प्रहरीले जनाएको छ ।

बरामद औषधि आजै औषधि व्यवस्था विभागको कार्यालय विराटनगर पठाइने उनले बताए । पक्राउ गरिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर कानूनी कार्वाहीका लागि अनुसन्धान भइरहेको उपरीक्षक मैनालीले बताए । LoktantraPost

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय