Wednesday, October 9, 2024

एघार दिनदेखि बालिका बेपत्ता

spot_img

१२ चैत,पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका गएको ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् ।

गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिनुभयो ।

साँझ अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सबै ठाउँमा खोजी गरे पनि पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले जानकारी दिनुभयो । आफन्त, इष्टमित्र, गाउँ वरिपरी जताततै खोजि गर्दा पनि नभेटिएको रिजालले बताउनुभयो । उनीहरुले अहिले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । परिवारले सोमबार प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका हुन् ।

यता प्रहरीले मातहतका सबै युनिटहरुबाट बालिकाको हुलियासहित खोजीकार्य भइरहेको जनाएको छ । महानन्दका चार छोरी र पाँच छोरा छन् । उनी कान्छी छोरी हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय