Saturday, October 5, 2024

कुवेतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज कुवेत जाँदै

spot_img

मार्च २१ तारिखमा कुवेतविरूद्दको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टाेली मंगलबार कुवेत प्रस्थान गर्देछ । राष्ट्रिय टिमको नयाँ प्रशिक्षकका रूपमा नेपाल आएका योहान कालीनले साेझै २३ सदस्यीय नेपाली टोली छनोट गरेका थिए ।

राष्ट्रिय टिममा रहेका मुख्य खेलाडी यू–२३ च्याम्पियनसिपको छनोटमा भएकाले प्रशिक्षकले नयाँ खेलाडीलाई मौका दिएका हुन् । यसपटक टिममा आशिष लामा पहिलोपटक क्याम्पमा परेका छन् भने टंक बस्नेत, अजित भण्डारी, सुरज विक, रवि सिलवाल, सरोज दाहाल, सन्तोष तामाङ, रवि पासवान, राष्ट्रिय टोलीमा कमब्याक गरेका छन् ।

तर टिमका मुख्य खेलाडी मानिएका अजित भण्डारी, सुरज विक, रवि सिलवाल, सरोज दाहाल ६ खेलाडी टिममा हुने छैनन् । चोटका कारण मैदान बाहिर रहेका विक्रम लामा, रञ्जित धिमाल, रन्जन विष्ट र सुमन लामा पनि टिममा फर्किएका छन् । कुवेतविरूद्दको मैत्रीपुर्ण खेल नेपाली प्रशिक्षक योहान कालीनका लागि पहिलो खेल हुनेछ ।

यस्ताे छ नेपाली टिमः

गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डरः सुरज विक, रवि सिलवाल,विराज महर्जन, देवेन्द्र तामाङ, अजित भण्डारी, रञ्जिलत धिमाल, सरोज दाहाल

मिडफिल्डरः सुमन लामा, विक्रम लामा, सन्तोष तामाङ, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, रवि पासवान, टंक बस्नेत

फरवार्डः आशिष लामा, भरत खवास, नवयुग श्रेष्ठ, रन्जन विष्ट र विमल राना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय