Wednesday, October 9, 2024

प्रदेश १ मा बन्दको प्रभाव, लामो दूरीका गाडी चलेनन्

spot_img

३० फागुन, विराटनगर । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश १ मा आंशिक रुपमा परेको छ । कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले आह्वान गरेका बन्दका कारण प्रदेश १ का १४ जिम्लामा आंशिक प्रभाव परेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

विहान छिटफुट रुपमा लामा दुरीका सवारी चले पनि १० बजेदेखि भने लामा तथा छोटा दुरीका सवारी साधन चलेको छैन । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रबिकुमार पौडेलले छोटा दुरीका साना गाडी चले पनि ठूला गाडी नचलेको जानकारी दिए ।

बन्दका कारण विराटनगरबाट पनि लामा दुरीका सवारी छुटेका छैनन् । विराटनगरबाट धरान, काकारभिट्टा जाने बस बसपार्कमा रोकिएका छन् ।

उदयपुरमा सुतली बम

उदयपुरको कटारी नगरपालिकामा दुईवटा सुतली बम भेटिएको छ । शुक्रबार विहान कटहरी गाउँपालिका– २ देवीधापस्थित शिवम मल्टिपर्स प्रालिको गेट अगाडिको रुखको फेदमा दुईवटा सुतली बम भेटिएको हो । शिवम मल्टिपर्स प्रालिले मारुती सिमेन्ट उद्योगका लागि चुनढुंगा आपूर्ति गर्दै आएको छ ।

बिहान करिब ६ बजे भेटिएको सुतली बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।

राईका अनुसार बिहान करिब १० बजे सेनाको टोलीले बम डिस्पोज गरेको हो । उदयपुर बेलसोतस्थित नेपाली सेनाको कालिसिद्धि इन्जिनियरिङ गणको टोलीले बम डिस्पोज गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय