Friday, November 22, 2024

नेपाली ख्रिष्टीयन नागरीक संघ क्षेत्र नं. ४ को बार्षीक साधारण सभा सम्पन्न

spot_img

भाद्र १५, झापा ।  नेपाली ख्रिष्टीयन नागरीक संघ क्षेत्र नं.४ को बार्षीक साधारण सभा भदौ १४ मा दोमुखा स्थीत जिवीत जिवन मण्डलीमा सम्पन्न भयो ।
सभालाई सन्चालन संघको सचिव डी. सामुयल चाम्लीङ राईले गरेका थिए भने सभाको सभापतीत्व क्षेत्र नं.४ को अध्यक्ष श्री रविन राईले सभापतीत्व गर्नुभएको थियो ।

सभामा प्रमुख अतिथीमा शिवसताक्षी नगरपालीका वडा नं. १० को वडाध्यक्ष कर्ण बहादुर थापा हुनुहुन्थ्यो भने बिशिष्ट अतिथीमा ईलाका प्रहरी कार्यलय भिलझिलेका प्रहरी नायव निरीक्षक डम्बर आचार्य , रेभ डिबी सिलास राई, नेपाली ख्रिष्टीयन नागरीक संघको केन्द्रिय अध्यक्ष पा. टिकाराम आचार्य, शिवसताक्षी वडा नं. १० का महिला सदस्य मन्दिरा पाठक हुनुहुन्थ्यो भने अतिथीमा पा. सुबलाल राई, पा. मौल बहादुर खम्बु, पा. सुदिप िलम्बु साथै सम्पुर्ण पाष्टर तथा अगुवाहरुले आतिथ्य ग्रहण गर्नुभएको थियो ।

सभामा बोल्दै संघको केन्द्रिय अध्यक्ष पा. टिकाराम आचार्यले नागरीक संघ नेपालले गरेको काम र अब भविष्यमा गर्ने कामहरुको वर्णन साथै योजनाहरु प्रष्ट पार्दै नागरीक संघको सुरुवात गर्नुको उदेश्यलाई दर्शाउदै बाईबलको जकरीया र भजनसंग्रहको पुस्तक बाट दिन दुखीलाई सहयोग गर भोकालाई खान देउ र बोल्न नसक्नेको निम्ती बोलीदेउ भन्दै सबैलाई उत्साह पनि दिनुभयो ।

तेस्तै सभाका प्रमुख अतिथी शिवसताक्षी वडा नं. १० का वडाध्यक्ष कर्ण बहादुर थापाले पनि खिष्टीयन नागरीक संघले वडा नं. १० मा विगतमा बाडी पिडीतहरुलाई गरेको राहत बितरणको कार्य वडा लाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नमा संघले गरीब र आर्थीक स्तीथी कमजोर भएकाहरुको लागी दिएको टोईलेटको पेना सेट एस्तो कार्य यो संघले गर्दै आएको कारण संघलाई धन्यावाद दिदै आउने दिनमा शिवसताक्षी वडा नं. १० र आफ्नो व्यक्तिगत तर्फबाट सधै सहयोग गर्न तयार रहेको र यो संघले नेपाल भरी यस्तै काम गर्दै अघि बढनको लागी शुभकामना व्यक्त गर्नुभयो ।

सभामा परमेश्वरको वचन रेभ. डिबी सिलास राईले दिदै संघको काम प्रशंसानिय रहेको भन्दै एस्ता कामहरु अझै गर्दै जान हौसला दिनुभयो ।


सभामा क्षेत्र नं. ४ का पुर्व अध्यक्ष पा. खड्ग नारायण श्रेष्ठलाई संघले सम्मान पत्र बाट सम्मन गरेको थियो साथै गायीका प्रीस्कीला राइले आफ्नो लाइभ प्रस्तुती पनी दिएकी थिइन।

अन्तमा नेपाली खिष्टीयन नागरीक संघ क्षेत्र नंं. ४ को कार्य गतिविधी र अब आउने कार्यको कार्य योजना संघका क्षेत्र सचिव डि. सामुयल चाम्लीङ राईले प्रस्तुत गर्नुभएको थियो र प्रार्थनाद्वारा  साभाको सामापन गरीएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय