Wednesday, October 9, 2024

हेलिकप्टरमा सवार मन्त्री अधिकारी सहित अन्य ६ जनाको मृत्यु

spot_img

१५ फागुन, ताप्लेजुङ । बिहान ८ बजे काठमाडौबाट ताप्लेजुङको पाथीभराको लागी उडेको हेलिकप्टर ताप्लेजुङको चुच्चेढुङामा दुर्घटना भएको थियो ।
एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहालसहित ६ जना यात्रु सवार थिए । अन्य एकजना यात्रुको भने नाम खुल्न सकेको छैन । सवार सबैजनाको घटना स्थलमा नै मृत्यु भएको उडयमदारा पुष्टी भएको छ ।
मौसम प्रतिकुलताको कारण दुर्घटना भएको नेपाल प्रहरीले बताएको छ । पाथीभराको दर्शन गरेर फर्कीने क्रममा ताप्लेजुङको चुच्चेढुङाभन्ने ठाउमा आईपु्ग्दा एयर डाईनेस्टीको हेलिकप्टर दुर्घटना ग्रस्त भएको थियो । घटना भएको केहि समय पछि नै उदारको लागी नेपाली सेनाको हेलिकप्टर र प्रहरीकोृ उद्धार टोली साथै भेडेटारमा रहेको सिम्रीक एयरको हेलिकप्टर पनि उद्धारको लागी घटना स्थलमा पुगेको थियो ।

फुन्ग्लींग नगरपालिका र भक्तालुंग गाउपालिकको सिमा क्षेत्रमा दुर्घटना भएको थियो हेलिकप्टरको पछाडीको भागमा आकाशमानै आगलागी भएको र सवार सातै जनाको मृत्यु भएको हो सबै जनाको शव जलेको अवस्थामा भेटिएको छ।  प्रत्यक्षदर्शीका अनुसार ठुलो आवाज आएको र धुवाको मुस्लो निस्कीरहेको र आगो लागेको र टुक्रा टुक्रा परेको स्थीतीमा हेलिकप्टर देखिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय