Wednesday, October 9, 2024

‘ठूलो माछा’ देखाउन गएका साझा विवेकशीलका कार्यकर्ता प्रहरी नियन्त्रणमा

spot_img

८ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीले भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा प्रदर्शन गरेका छन् । भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको अख्तियार कै आयुक्त भ्रष्टाचारमा संलग्न रहेको कुरा बाहिरिएपछि अख्तियार कार्यलय अगाडी प्रदर्शन गरिएको विवेकशील साझाले जनाएको छ ।

देशमा देखिएको भ्रष्टाचार, अनियमितता र त्यसलाई निवारण गर्ने काममा सरकारले देखाएको उदासीनताकोविरुद्धमा प्रदर्शनको रहेको बताइएको छ ।  प्रदर्शनका क्रममा अख्तियारले साना भ्रष्टचारीलाई मात्रै समातेको तर ठूला भ्रष्टाचारतर्फ चासो  नदेखाएकोप्रति वंग्य गरिएको थियो । उनीहरुले ठूलो माछा कहाँ छ ? भन्दै माछाको प्रतिमा बनाएर त्यसमाथि नेपालमा पछिल्लो समय चर्चित आर्थिक अनियमितता घटनाबारे उल्लेख गरिएको थियो ।

 

प्रदर्शनका क्रममा प्रहरीले ३० भन्दा बढी नेता कार्याकर्तालाई नियन्त्रणमा लिएको विकेकशील साझाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।  साझाका संयोजक

रवीन्द्र मिश्रले पनि ट्वीटरमा पोस्ट गर्दै प्रदर्शनका क्रममा प्रहरीले प्रदेश ३ संयोजक समीक्षा बास्कोटा, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ, केन्द्रीय सदस्य माण्डवी पौडेलसहितलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

 

‘अख्तियारका व्यक्ति आफैं भ्रष्टचार काण्डमा मुछिनुले देशमा भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने उजार गरेको छ,’ केन्द्रीय सदस्य परियारले भने– ‘अख्तियारले उनीहरुले नै भन्दै आएका ठूला माछातर्फ ध्यान दिएको देखिदैन्, त्यसको खबरदारीका लागि हाम्रो प्रदर्शन हो।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय