Thursday, October 10, 2024

दमकमा मिनि म्याराथुन माघ २६ गते

spot_img

२४ माघ, दमक । झापाको दमकमा यही माघ २६ गते मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । दमक रन समूहले आफ्नो तेश्रो बार्षिकोत्सवका अवसर पारेर मिनी म्याराथनको आयोजना गर्ने भएको हो ।

स्वास्थ्यका लागि दौडसहित अल्ट्रा म्याराथुन दौडलाई प्रोत्साहन दिने उद्देश्यले समूहले बर्सेनी बार्षिकोत्सवमा मिनी म्याराथुनको आयोजना गर्दै आएको अध्यक्ष दिवस राईले बताउनुभयो । यसवर्ष हुने म्याराथुन तेश्रो संस्करण हो ।

गोल्डस्टार जुत्ता मुख्य प्रायोजक रहेको यस प्रतियोगिता सम्पन्न गर्न सबै तयारी पूरा भएको अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागीलाई प्रवेश शुल्क वापत तीन सय रुपैयाँ राखिएको छ । महिला र पुरुषको अलग–अलग उमेर समूह तथा खुल्लातर्फ प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय