Thursday, October 10, 2024

धरानको घण्टाघरमा अश्लिल गतिविधिहरु बढेपछि सिसिटिभि क्यामेरा जडान

spot_img

२२ माघ, धरान । धरानको भानुचोकस्थित घण्टाघरमा सिसि टिभि क्यामरा जडान गरिएको छ । घण्टाघरमा अश्लिल गतिविधिहरु बढेपछि घण्टाघर व्यवस्थापन समितिले भित्र र बाहिर सिसि टिभि क्यामरा जडान गरेको हो ।

सिसि टिभि क्यामरा जडान गरपछि घण्टाघर भित्रको मात्र नभई भानुचोक क्षेत्र, बगैचा, गणेश मन्दिर सबैतिरको गतिविधिहरु निगरानी हुने समितिले जनाएको छ ।

व्यवस्थापन समिति करिब डेढ लाख खर्चिएर १३ वटा सिसिटिभि जडान गरेको छ । अझै २ वटा सिसिटिभि क्यामेरा थप गरिने सुपरभाइजर केशव न्यौपानेले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय