Saturday, October 5, 2024

एसियाली खेलकुद : नेपाल खाली हात नफर्कने

spot_img

एसियाली खेलकुदमा नेपाल खाली हात नफर्किने भएको छ । पहिलो पटक एसियाडमा सहभागिता जनाएको पाराग्लाइडिङले कम्तीमा कास्य पदक ल्याउने पक्का भएको छ ।

पुरुषको क्रस कन्ट्रीमा अहिलेसम्म दोस्रो स्थानमा रहेको नेपालका खेलाडीले आफ्नो रेस सकेपछि सबै देशका खेलाडी ल्यान्ड नहुँदासम्म कसले कुन पदक जित्यो भन्ने यकिन नहुने भएकाले पदकको छिनोफानो भने भएको छैन । तर चौथो दिनको खेल हेर्दा र आजको प्रदर्शन हेर्दा नेपालले रजत पदक जित्न सक्ने सम्भावना रहेको छ ।

चौथो दिनको खेल सकिँदा नेपाल आठ हजार पांच सय ९१ अंक सहित दोस्रो स्थानमा थियो । पहिलो स्थानमा रहेको जापान भन्दा नेपाल सात सय ६८ अंकले पछि छ । जापानको कुल नौ हजार तीन सय ५९ अंक छ । तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको आठ हजार अंक छ ।

यसैबीच इन्डोनेसियाका खेलाडीले सोचेको भन्दा बढी अंक प्राप्त गरेको भन्दै जापान र नेपालले प्रोटेष्ट हालेका छन । चौथो दिन निर्णायकले मेसिन बिग्रिएको भन्दै सात सय भन्दा बढी अंक इन्डोनेसियालाई दिलाएपछि आज तेस्रो स्थानमा उक्लिएको थियो ।-ujonline

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय