Thursday, October 10, 2024

सप्तरीमा मामाघर गएकी किशोरीको बलात्कार

spot_img

१५ माघ, सप्तरी । सप्तरीमा एकजना किशोरी बलात्कृत भएकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई मामाघर छिन्नमस्ता गाउँपालिका वडा नम्बर तीन महुवा आएको बेला एक १८ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

घर नजिकै बारीमा दाउरा लिन गएको बेला त्यही ठाउँका २० वर्षीय युवक प्रभुकुमार यादवले किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । दाउरा लिन गएको बेला कोही नभएको मौका छोपी किशोरीको बलात्कार भएको प्रहरीले जनाएको छ ।

यता बलात्कारपछि युवक फरार रहेको तथा उनको खोजी कार्य तीव्र रुपमा भैरहेको इलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज सुरेशकुमार यादवले जानकारी दिनुभयो ।

बलात्कृत किशोरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको तथा पीडितका परिवारजनले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरीसमेत दर्ता गराएको पीडितका आफन्तले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय