Thursday, October 10, 2024

चट्टयाङ लागेर युवतीको मृत्यु

spot_img

१२ माघ, तनहुँ । शुक्रबार राति चट्याङ लागेर तनहुँमा एक युवतीको ज्यान गएको छ ।

ऋषिङ गाउँपालिका १, काँहुशिवपुर सेट्टाङ घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा माइत गएकी २० वर्षीय मिनामाया थापाको चट्टयाङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा चट्टयाङ पर्दा घाइते भएकी मिनामायालाई उपचारका क्रममा दमौली अस्पताल ल्याइएको थियो । उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक थापाको शव दमौली अस्पतालको शवगृहमा राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय