Thursday, October 10, 2024

झापामा ट्याङकर दुर्घटना हुँदा ८ हजार लिटर मट्टितेल नष्ट

spot_img

११ माघ, झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ सानो केर्खामा बिहीवार मट्टितेल बोकेको ट्याङकर दुर्घटना हुँदा अन्दाजी ८ हजार लिटर मट्टितेल नष्ट भएको छ ।

राती साढे ८ बजे भारतको सिलिगुढीबाट बिराटनगर तर्फ मट्टितेल बोकेर जाँदै गरेको को १ ख १७८८ नम्बरको ट्याङकर स्टेयरिङ फेल हुँदा अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा ट्याङकमा भएको अन्दाजी ८ हजार लिटर मट्टितेल पोखिएर नष्ट भएको छ भने चालक र सह(चालक सकुशल रहेको प्रहरी चौकी केर्खाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय