Tuesday, October 8, 2024

त्रिभुवन विमानस्थलको सञ्चार उपकरण बिग्रियो, उडान प्रभावित

spot_img

२४ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि उडान प्रभावित भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार भीसीसीएस बिग्रिएकाले त्यसलाई परिवर्तन गर्ने काम भइरहेको जानकारी दिए ।

क्षेत्रीले अनलाइनखबरसँग भने, ‘एरिया एप्रोचको पावर सप्लाईमा प्रबलमका कारण भीसीसीएस गएको हो । भीसीसीएस हामीसँग एक्स्ट्रा छ । इन्जिनियर साथीहरुले त्यो जोड्दै हुनुहुन्छ ।’

भीसीसीएस बिग्रिएको कारण एक घण्टा अगाडिदेखि उडान प्रभावित भएको उनले बताए । ‘अराइभलमा डिस्टर्ब छैन, डिपार्चरमा अलि–अलि डिस्टर्ब छ,’ उनले भने ।

काठमाडौं उपत्यका भित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्छ भने बाहिरको क्षेत्रका लागि भीसीसीएस उपकरण चाहिने उनले बताए ।

महाप्रवन्धक क्षेत्रीले विमानस्थलको टावरमा भने कुनै समस्या नरहेको जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय